टर्कीमा फेरि ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ३ जनाको मृत्यु, ६०० बढी घाइते

राष्ट्रपाटी न्युज

९ फाल्गुन २०७९

काठमाडौं । टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी  ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही दिनअघि सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८  म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ । (एजेन्सी)


Published :९ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media