राष्ट्रपति भण्डारी बागलुङमा

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०७९

ढोरपाटन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुग्नुभएको छ । बागलुङ बजारस्थित बागलुङ कालिकादेवीको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आउनुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आउनुभएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गर्नुभएकाे थियाे ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।


Published :१० फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media