राष्ट्रपति भण्डारीद्वारा बागलुङको कालिका मन्दिरमा पूजा-आराधना

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गर्नुभएको छ ।

मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार जानुभएको हो । । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए ।


Published :१० फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media