काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताका क्रममा अध्यक्ष ओलीले नेपाल र नेम्वाङमध्येबाट राष्ट्रपति बनाउन प्रस्ताव गरेको स्रोतको दावी छ ।
नेम्वाङलाई राष्ट्रपति बनाउन सहयोग गर्न आग्रह गर्दै ओलीले नत्र माओवादीले पनि वचन दिएको र कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्ति नेपाललाई एमालेले प्रस्ताव गर्ने ओलीले स्पष्ट गरेको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सल्लाह गर्ने जवाफ दिएको बुझिएको छ ।