काठमाडौं । नेप्सेमा सुचिकृत बिशाल बजार कम्पनी लिमिटेड (BBC) को सञ्चालकमा बूढानिलकन्ठ-१० कपन निवासी राधा पोखरेल मनोनित भएकी छन्।
सरकारको फागुन ४ गतेको निर्णय अनुसार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेललाई मन्त्रीस्तरीय निर्णयबाट कम्पनीको सञ्चालकमा मनोनयन गरिएको हो ।
सञ्चालकमा मनोनयनपछि पोखरेलले सामाजिक सञ्जालमार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिएकी छिन् ।
विगत एक दशकदेखि पूँजीबजारमा आम लगानीकर्ताको हकहित संरक्षणमा सक्रिय रहेकी पोखरेलले कम्पनीको सञ्चालक पदमा रहेर कम्पनीलाई सुधार गर्नेतर्फ निष्ठापूर्वक लाग्ने बताएकी छिन् ।