प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैनः केपी ओली  

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।

१० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको भन्दै उनले कांग्रेसलाई समर्थन गर्न नमिल्ने जिकिर गरे । पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुको दौडधुप गरिरहेका छन् ।


Published :११ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media