जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मकः उपेन्द्र यादव

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०७९

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् ।

बिहीबार माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ,’ उनले भने ।

माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा उनीहरुसहित माओवादीबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए । राष्ट्रपतिमा कांग्रेस, नेकपा एस र एमालेको दाबी रहेको बताउँदै अहिले कांग्रेसलाई पनि समेटेर जानुपर्छ भन्ने पक्षमा प्रचण्ड रहेको उनले बताए ।


Published :११ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media