टिमसहित अध्यक्षमा गौतमले गरे उम्मेदवारी घोषणा

राष्ट्रपाटी न्युज

११ फाल्गुन २०७९

काठमाडौं–काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । फागुन १४ गते हुने उपत्यका निर्माण व्यवसायी संघको १७ औं साधारण सभा तथा नवौं अधिवेशनका लागि गौतमले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । राजधानीको बानेश्वरस्थित एउटा होटलमा उम्मेदवारी घोषणा गर्दै गौतमले निर्माण क्षेत्रमा भएका विभिन्न ऐन तथा नीति नियमका कारण निर्माण व्यवसायी पेशा धराशायी भएको दाबी गरे । ‘व्यवसाय संकटमा परेको छ । यसका लागि निर्माण व्यवसायीहरूको सुझाब अनुसार काम गर्नेछु र निर्माण व्यवसायी पेशालाई माथि उठाउनेछु,‘ उनले भने ।

गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया (दुर्लभ), द्धितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्च बहादुर तामाङ (विजय), उप महासचिव (नीतिगत) अर्जुन मर्हजन रहेका छन् । त्यसैगरी, उप–महासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।

बाँकी सदस्यका उम्मेदवारहरु पछि घोषणा गर्ने अध्यक्षका उम्मेदवार गौतमले प्रस्ट पारे । संघमा करिब एक हजार पाँच सय सदस्यहरु रहेका छन् । संघको कार्यकाल तीन वर्षको हुन्छ ।


Published :११ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media