आठ  दलको निर्णयले देशलाई गम्भीर अस्थिरतातर्फ धकेल्योः प्रदीप ज्ञवाली

राष्ट्रपाटी न्युज

१२ फाल्गुन २०७९

काठमाडौँ । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन तोडेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको बताएका छन् ।

‘राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नुभएको छ’ ज्ञवालीले भने । उनले ८ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई गम्भीर अस्थिरतातर्फ धकेलेको बताएका छन् ।

‘यो राजनीतिलाई अनन्त अस्थिरतातर्फ धकेल्ने निर्णय हो । जुन कोर्समा देशअघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेका थिए । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पनि देखा पर्न थालेको थियो । मुलुकलाई फेरि अस्थिरता अन्यौल सत्ताको लुछाचुडी र भागबण्डामा लैजाने र विस्तारै लोकतान्त्रमाथि नै वितृष्णा बढाउने दिशातर्फ जाने निर्णय हो’ ज्ञवालीले भने, ‘यसले राजनीतिमा विश्वास, संकट, धोकाधडी र आफूले दिएका वचनहरुलाई क्षण-क्षणमै फेर्ने विषय हाबी भएको छ भने देखाएको छ ।’

ज्ञवालीले यो गठबन्धन निर्माणमा बाह्य शक्तिहरुको चलखेल निकै देखिएको बताए । ‘नेपालको आन्तरिक मामिलामा आफै निर्णय गर्ने विषयलाई पनि कमजोर बनाएको छ,’ ज्ञवालीले भने ।


Published :१२ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media