प्रचण्ड सरकारबाट बाहिरिने राप्रपाको निर्णय

राष्ट्रपाटी न्युज

१३ फाल्गुन २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकले आठ दलीय गठबन्धन बनाउने निर्णय गरेसँगै राप्रपा सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।

गत पुस १० गते बनेको सत्ता गठबन्धनमा सहभागी भएको राप्रपा माघ ३ गते अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी भएको थियो ।

प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।


Published :१३ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media