आज पनि ओरालो लाग्यो शेयर बजार, १ अर्ब ८९ करोडको कारोबार

राष्ट्रपाटी न्युज

१५ फाल्गुन २०७९

काठमाडौं । साताको दोस्रो  कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको  छ ।

सोमबार  ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ ।

आज  ५१ लाख २०  हजार ८८८ कित्ता  सेयर किनबेच हुँदा १ अरब ८९ करोड १७  बढीको कारोबार भएको छ ।

यस्तै १५९ कम्पनीहरुको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थीर रहेको  नेप्सेले जनाएको छ ।

त्यस्तै, स्वाभिमान लघुवित्त बित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९  प्रतिशतले वृद्धि भएको छ ।

यता,  हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैंकको ५ करोड भन्दाबढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार   १३ उप सुचकहरुमा ५ कम्पनीमा उकालो लागेको र अरु सबै उप सुचकहरुमा ओरालो लागेको जनाएको छ ।


Published :१५ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media