सफलता प्राप्त गर्दै मनास्लु वल्ड कलेज , आइएसओ २००९ : २०१५ प्रमाणित

राष्ट्रपाटी न्युज

१७ फाल्गुन २०७९

काठमाडौँ ।मनास्लु वल्ड कलेज नेपाली विद्यार्थीको पहिलो रोजाइको कलेज बन्दै गएको छ। चाबहिल चुच्चेपार्टीमा रहेको यो कलेजले पछिल्लो समय देशकै उत्कृष्ट कलेजका रुपमा स्थापित हुने गति लिएको छ ।

सोमबार यस कलेजले एक भव्य कार्यक्रम आयोजना गरि कक्षा ११ का विद्यार्थीलाई स्वागत, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई सम्मान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

कलेजका अध्यक्ष गेन्द्र लामाको अध्यक्षता तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी, राष्ट्रिय परीक्षा बोर्ड बागमतीका प्रमुख जयन्ती सत्याललगायतले सम्बोधन गरेका थिए । कार्यक्रमका सबैजसो वक्ताले मनास्लु नेपालको ‘नम्बर वान’ कलेज बन्न सफल भएको बताउँदै आगामी दिनमा थप सफलताको शुभकामना दिएका थिए ।

मनास्लुले आफ्नो २५ औं स्थापना दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । मनास्लु संगीत सम्मान संगीत महारथी शम्भुजित बास्कोटालाई, मनास्लु संचारकर्मी सम्मान पत्रकार टिकाराम यात्रीलाई, मनास्लु शिक्षासेवी सम्मान नेसनल प्याब्सनका निवर्तमान अध्यक्ष ऋतु राज सापकोटालाई, मनास्लु खेलकुद सम्मान नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्कालाई, मनास्लु समाजसेवी सम्मान मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई त्यसैगरी मनास्लु बिशेष सम्मान २०७९ बाट मनास्लु कलेजका एकेडेमिक हेड शशी के.शीलाई प्रदान गरेको छ ।

मनास्लु स्कुल-कलेजमा अध्यापनरत शिक्षक-शिक्षिकाहरु मध्ये कार्यसम्पादनको आधारमा सर्वोकृष्ट ५ जना शिक्षक-शिक्षिकाहरु कृष्णहरि गुरागाईं, कृष्ण राई, सृजना ढुंगेल, रोजिना फुयाल र उज्ज्वल चालिसेलाई सम्मान गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड २०७९ मा सर्वोकृस्ट अंक ल्याउने विभिन्न संकायबाट ७ जना विद्यार्थीहरु र हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु मध्ये विभिन्न विद्या अन्तर्गत उत्कृष्ट १० जना विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ।

शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यो कलेज आइएसओ सर्टिफाइड २००९ः२०१५ प्रमाणित भएको छ । रजत जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रमका बिच कलेजलाई आइएसओ सर्टिफाइड प्रमाणपत्र हस्तान्तरण गरिएको हाे । क्वालिटी म्यानेजमेन्ट स्टिम यूकेबाट कलेजलाई प्राप्त प्रमाणपत्र प्रदान गरिएको हो ।


Published :१७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media