साथीहरु मलाई जवान नै देख्छन्: केपी ओली

राष्ट्रपाटी न्युज

१९ फाल्गुन २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देखाइ र भोगाइ फरक हुने बताएका छन्। मोतीदेवी स्मृति केन्द्रले ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर आयोजित कार्यक्रममा ओलीले सबैले देखेको भन्ने र आफूले भोग्ने फरक हुने बताए ।

उनले आफ्ना साथीहरूले भेट्दा हौसला थप्दै आफूलाई जवान भन्ने गरे पनि आफू त्यसो नभएको बताए । उनले भने, ‘साथीहरूले भन्दिन्छन् ओहो तपाईं त जस्ताको तस्तै हुनुहुन्छ । जवान हुनुहुन्छ । तर त्यसो होइन् । मेरो अनुहार हेरेर साथीहरूले त्यसो भने पनि म के हो त मलाई थाहा छ । घरि घरि त म पनि ऐना हेर्छु।’

मोतीदेवी स्मृति केन्द्रले प्रेरणादायी महिलालाई गरेको सम्मानमा ओलीले यो सम्मानले महिलाले आफ्नो हक अधिकार रक्षाका लागि खेलेको भूमिका पनि अतुलनीय रहेको बताए । उनले सबैले आआफ्नो क्षेत्रमा उल्लेख्य मेहनत गरेको बताए ।


Published :१९ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media