काठमाडौँ । आज मिति २०७९ फागुन २० गते शनिबार, ई.सं ४ मार्च, २०२३ । तिथि- फाल्गुण शुक्लपक्ष द्वादशी, नक्षत्र- तिष्य, योग- शोभन, करण- वालव, चन्द्रराशि- कर्कट, सूर्योदयः ६ः२८, सूर्यास्तः १८ः०५ ।
मेष : अरूको हस्तक्षेपले काम रोकिन सक्छ ।
वृष : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
मिथुन : खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला ।
कर्कट : आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन् ।
सिंह : लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।
कन्या : सकारात्मक चिन्तनले मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ ।
तुला : वादविवाद, थकान, आलस्य र अस्वस्थताले लक्ष्य प्राप्तिमा बाधा हुने देखिन्छ ।
वृश्चिक : बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला ।
धनु : भोगविलासका सामानसमेत प्राप्त हुनेछन् ।
मकर : राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ ।
कुम्भ : लगनशीलताले सम्मानित स्थान दिलाउनेछ ।
मीन : दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ ।