सुदूरपश्चिम सरकारलाई माओवादीले विश्वासको मत नदिने

राष्ट्रपाटी न्युज

२० फाल्गुन २०७९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अस्थिर बन्ने संकेत देखिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएसँगै यसअघि एमाले नेतृत्वको सरकार ढलेको थियो । माआवोदी केन्द्रका ११, नेकपा एमालेका १०,  नागरिक उन्मुक्ती पार्टीका ७ र राप्रपाका १ गरि २९ प्रदेश सभा सदस्यको समर्थन जुटाएर गत पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्रीका नियुक्त भएका थिए ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको रावल नेतृत्वको सरकार ढलेको थियो ।

रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री शाहले फागुन २१ गते (भोलि) विश्वासको मत लिने तयारी थालेसँगै फेरि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा शाहलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।

माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीले भने कांग्रेस नेतृतत्वको सरकारलाई विश्वासको मत दिने संकेत गरेको छ । नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए एमालेको साथ लिनुपर्ने देखिन्छ त्यो तत्काल सम्भव नहुनसक्छ । यतिबेला सरकार नै संकटमा पर्छ ।

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी पार्टीसँग ३४ प्रदेशसभा सदस्य छन् । तर, माओवादीले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री शाहको सरकार ढल्नसक्छ ।

प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ । प्रदेश सभामा ५३ सदस्य छन् ।


Published :२० फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media