तीन दिनको मौसमः पहाडमा चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

राष्ट्रपाटी न्युज

२१ फाल्गुन २०७९

काठमाडौँ । देशका पहाडी भू-भागमा मौसम बदली भएको छ। पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।

आज आइतबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र बागमती प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको सम्भावना रहेको छ भने  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा अपराह्नतिर हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना छ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

मंगलबार पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही ठाउँमा चट्याङसहित वर्षा हुनुका साथै हावाहुरी चल्ने सम्भावना रहेकोले सचेत रहन अपिलसमेत गरिएको छ ।


Published :२१ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media