धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । आइतवार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा ५२ सांसदले मतदान गरेका छन् । शाह पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले शाहको पक्षमा ४१ र विपक्षमा ११ मत खसेको जानकारी दिए । ५३ सदस्यीय प्रदेशसभामा एक जना सांसद अनुपस्थित रहेको उनले बताए ।
माघ २६ गते मुख्यमन्त्रीको रुपमा राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए । सोही दिन नेपाली कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा (एमाले)का १० जना, नागरिक उन्मुक्तिका सातजना एकीकृत समाजवादीको चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना र एक स्वतन्त्र सांसद छन् ।