काठमाडौं । नेकपा एमाले निकट अखिलका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आन्दोलनमा उत्रन भन्दा सरकार चलाउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालिन मुद्धामा माओवादीहरुलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रनु पर्ने बताएपछि अखिल अध्यक्ष बडालले सरकारमा बसेर कसका बिरुद्ध आन्दोलन गर्न खोजेको हो ? भनेर प्रश्न गरेका हुन् ।
‘प्रचन्ड आफैं सरकार प्रमुख हुनुहुन्छ तर भाषण गर्दै लाखौं जनता सडकमा उतारेर आन्दोलन गर्छौं भन्नुहुन्छ, कसका बिरुद्ध ? आफैंबिरुद्ध ? कथित जनयुद्धका नाममा आन्दोलनमा भएको जनधनको क्षति पर्याप्त भएन र ?’ बडालले प्रश्न गरेका छन् । उनले भने- ‘तपाई सरकार चलाउनुस, राष्ट्रहित बिपरीत गरिने काममा खबरदारी र आन्दोलन गर्न हामी छौं ।’