ए डिभिजन लिगमा सातदोबाटो र हिमालयन शेर्पा विजयी  

राष्ट्रपाटी न्युज

२४ फाल्गुन २०७९

काठमाडौं । विलियम ओपोकुको निर्णायक गोलप्रेरित सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० को नतिजामा पराजित गरेको छ । च्यासल रंगशालामा भएको खेलको ५५औं मिनेटमा ओपोकुले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

एपीएफका गोलकिपर युया कुरियामा अगाडि बढेको समयमा ओपोकुले सेन्टर सर्कलबाट गरेको प्रहार उत्कृष्ट गोलमा परिणत भएको थियो ।

त्यसअघि पहिलो हाफको इन्जुरी समयमा सातदोबाटोका इभान मेरितले हेडरमार्फत गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

जितसँगै सातदोबाटोले दुई खेलबाट ६ अंक जोडेको छ । पराजित एपीएफको तीन अंक छ । बुधबार नै दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबलाई १–० को नतिजामा पराजित गरेको छ ।

अमृत श्रेष्ठले इन्जुरी समयमा गरेको एक मात्र गोल निर्णायक बन्यो ।


Published :२४ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media