राष्ट्रपति निर्वाचनको मतगणना सुरु

राष्ट्रपाटी न्युज

२५ फाल्गुन २०७९

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान सकिएलगत्तै मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा भाग लिएका छन्। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका हुन् । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।

राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन् ।

 


Published :२५ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media