विश्वकप लिग २ मा नेपालको सानदार जित, पीएनजी ५२ रनले पराजित

राष्ट्रपाटी न्युज

२५ फाल्गुन २०७९

काठमाडौँ । आसिफ शेखको शतकमा नेपालले क्रिकेट विश्वकप लिग २ मा पीएनजीलाई ५२ रनले पराजित गरेको छ । २ सय ९८ रनको लक्ष्य लिएर आएको पीएनजीलाई नेपालले ४७.१ ओभरमा २ सय ४५ अलआउट गर्‍यो ।

यस विजयसँगैं नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमको नजिक पुगेको छ । नेपालले ३३ खेलमा ३४ अंक बटुली पाँचौं स्थानमा छ । नेपालले बाँकी रहेको तीन खेलमा १ मा विजय हात पारेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ ।

नेपाललाई अब ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ ।


Published :२५ फाल्गुन २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media