ओखलढुंगे युवा अधिकारी बने पशुपति क्याम्पसमा अनेरास्ववियुको सभापति उम्मेदवार

राष्ट्रपाटी न्युज

२५ फाल्गुन २०७९

काठमाडौँ ।आगामी चैत्र ५ गते हुन गैरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि पशुपति बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तर्फबाट सभापतिको उम्मेदवारमा प्रकाश अधिकारी चयन भएका छन् ।

ओखलढुंगा मानेभन्ज्यांग – ७  स्थायी ठेगाना भएका उनि अनेरास्ववियुका पुर्व केन्द्रीय कमिटी सदस्य हुन्। अधिकारी यस अघि सोहि क्याम्पस कमिटीको अध्यक्ष रहेका थिए। लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील रहेका अधिकारीले पशुपति क्याम्पसमा शैक्षिक सुधार र विद्यार्थी हकहितका लागि आवाज उठाउदै आएका छन् ।

पशुपति क्याम्पसलाइ उत्कृष्ट एबम व्यवस्थित शैक्षिक संस्थाका रुपमा विकास गर्न तथा विद्यार्थीहरुको समग्र हितका लागि आफ्नो उम्मेद्वारी रहेको उनले बताएका छन्।


Published :२५ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media