चामे र ङिस्याङ गाउँपालिकाको बजेटमा दलितको हकअधिकारबारे अनुगमन कार्यक्रम

राष्ट्रपाटी न्युज

२६ फाल्गुन २०७९

काठमाडौँ । मनाङ जिल्लाको चामे  र ङिस्याङ गाउँपालिकाको चालु आ.व. २०७९/०८० को वार्षिक बजेटमा दलित समुदायको हक-अधिकारसम्बन्धी नीति, योजना, कार्यक्रम तथा व्यवस्थाका सम्बन्धमा गरिएका कार्यहरुका बारेमा दलित आयोगका माननीय सदस्य सुन्दर पुर्कुटीको उपस्थितिमा अनुगमन-मूल्यांकन कार्यक्रमको आयोजना गरिएको छ ।

दुवै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिका संयोजकहरू, जनप्रतिनिधिहरू र अधिकारकर्मीहरूसमेतको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा  दलित सामुदायिक अधिकार र वर्तमान अवस्थाका बारेमा अन्तर्क्रिया तथा छलफल भएको थियो ।

सो कार्यक्रममा राष्ट्रिय दलित आयोगका तर्फबाट त्यहाँको समग्र अवस्था एवम् वस्तुस्थितिका बारेमा  जानकारी दिइएको थियो । त्यसैगरी जातीय भेदभावका घट्ना तथा दलित अधिकार सम्बन्धमा भएका काम कारवाही र दलित समुदायका समस्याका बारेमा मनाङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षकसहित बिभिन्न कार्यालयका प्रमुख र अधिकारकर्मीसहितको उपस्थितिमा दलित अधिकारको अवस्था अध्ययनका क्रममा कार्यालय प्रमुखहरुसँग छलफल तथा भेटघाट गरी त्यहाँका अवस्थाका बारेमा जानकारी दिइएको थियो ।

चामे गाउँपालिकाको सभा हलमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।


Published :२६ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media