उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।

एक पदाधिकारीका अनुसार एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेको छ । ‘उमेदवारी दिने नदिने बैठकले निर्णय गर्नेछ’ ती पदाधिकारीले भने । उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन आज हुँदै छ ।


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media