स्ववियु निर्वाचनः प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन आज  

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत शनिबार उम्मेदवारको मनोनयन पत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिलासहितका कार्यक्रम रहेको छ ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फको र समानुपातिक तर्फको नामावली दाखिला गरिने भएको हो ।

साथै शनिबार नै साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम छ । स्ववियु निर्वाचनको मतदान ५ चैतमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media