उपराष्ट्रपतिमा दुईजना उम्मेदवार उठाउने गठबन्धनको निर्णय

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनले उपराष्ट्रपतिमा  महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी (जसपा) बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।

जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार हुनेछन् भने जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता आज हुँदैछ ।


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media