अहिलेको सरकारलाई नागरिकले काम गर्न ४/५ महिना समयमात्रै दिन्छन्: महामन्त्री थापा

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र सुधारका लागि सरकारले समयको अभावलाई बुझ्न सक्नुपर्ने बताएका छन् । उनले अहिलेको सरकारलाई नागरिकले काम गर्नका लागि ४/५ महिनाको समयमात्रै दिने बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले मुलुकको ढुकुटी कसरी चलिरहेको भनेर सरकारले खबर राख्नुपर्ने बताए ।

उनले प्रधानमन्त्रीले आफू उभिएको ठाउँ थाहा पाएमात्रै गन्तव्य तय गर्न सक्ने बताए । उनले सरकारको न्यूनतम साझा कार्यक्रमको अभ्यास राम्रो भए पनि त्यो यथार्थमा आधारित हुनुपर्ने बताए । ‘हामी गठबन्धनको सरकारको अभ्यास गरिरहेका छौँ, तर यस्तोमा प्रधानमन्त्री दलको वा गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने मुख्य प्रश्न देखिरहेको छु,’ थापाले भने, ‘प्रधानमन्त्रीले सरकारको नेता भएर काम गर्नुपर्ने हुन्छ ।’


Published :२८ फाल्गुन २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media