राष्ट्रिय सभा बैठक चैत ८ सम्मका लागि स्थगित

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०७९

काठमाडौं । राष्ट्रिय सभा बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको छ । आइतबार राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत ८ गते बस्नेगरी निर्धारण गरिएको जानकारी दिएका छन् ।

जारी सूचनामा भनिएको छ,‘फागुन २९ गते सोमबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’


Published :२८ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media