ली छ्याङ बने चीनको नयाँ प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

२८ फाल्गुन २०७९

काठमाडौँ । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् । राष्ट्रपति सी चिन फिङले १४औं राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् ।

ली छ्याङले विगत १० वर्षदेखि चीनका प्रधानमन्त्री रहेका ली केकियाङको स्थान लिएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैंले ली कियाङको नाम प्रस्ताव गरेका थिए । जसलाई राष्ट्रिय जनकांग्रेस (एनपीसी) ले अनुमोदन गरेको हो ।

ली छ्याङ ६३ वर्षका छन् जसलाई व्यापारीहरूको हितमा काम गर्ने राजनीतिज्ञ मानिन्छ र जो सी जिनपिङका नजिकका साथीहरूमध्ये एक हुन् । यसअघि शुक्रबार सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका थिए । (एजेन्सी)


Published :२८ फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media