कुलमान घिसिङद्वारा विद्युतीय सवारीसाधन प्रयोग गर्न आह्वान

राष्ट्रपाटी न्युज

२९ फाल्गुन २०७९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् । उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेको बताए ।

उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारीसाधन कयौँ गुणा सस्तो पर्ने बताए । त्यस्तै विद्युतिय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उनले विद्युतिय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणिय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतिय सवारी साधन नै उपयुक्त भएको उनले बताए ।

उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने दाबी गरे ।


Published :२९ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media