क्यालिफोर्नियामा दुईवटा डुंगा दुर्घटना हुँदा आठजनाको मृत्यु

राष्ट्रपाटी न्युज

२९ फाल्गुन २०७९

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ ।

स्यान डियागोको ब्लाक बिचमा डुंगा दुर्घटना भएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन् । दुईवटामध्ये एउटा डुंगामा सवार भएकाहरू मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ ।

खोजी कार्य जारी रहेकाले मृतकको तथा घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। डुंगामा सवार नागरिक कुन कुन देशका थिए भन्ने स्पष्ट हुन सकेको छैन । डुंगामा सवार सबैजना बयस्क भएको बताइएको छ ।

स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्याण्डले यो दुर्घटनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् ।

दुर्घटना स्थलको ३ सय ६६ मिटरको आसपासमा पल्टिएको डुंगा र शवहरू भेटिएको थियो। घटना के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन । (एजेन्सी)


Published :२९ फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media