बञ्चरेडाँडामा फोहोर फाल्न रोक लगाउने चेतावनी

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्नो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो ।

सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचारमार्फत उक्त चेतावनी दिएको हो ।

महानगरपालिका र स्थानिय सरोकारावाला बिच पटक पटक छलफल भएर सहज भएको फोहोर मैला बिसर्जन पुन: रोकिने भए पछि काठमाडौंमा दुर्गन्ध फैलिने सम्भावना बढेको छ ।

 


Published :१ चैत्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media