प्रतितोला एक हजार बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार २ सय रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदीको भाउ १३ सय रुपैयाँ कायम रहेको थियो ।


Published :२ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media