शेयर बजार आज पनि ओरालोतर्फ, लगानीकर्तामा देखिएन उत्साह

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ।  अघिल्लो कारोबार दिन बुधबार १४.४४ अंकले घटेको नेप्से आज ५.३२ अंकले घटेको हो ।

नेप्से निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरू हेर  र पर्खको अवस्थामा रहेका छन्। बजारले गति लिन नसकेपछि लगानीकर्तामा निराश छाएको छ ।

सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले घटेर ३६४.७८ विन्दुमा अडिएको छ। सामान्य अंकले ओरालो लागेको सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको भयो।

युनिक नेपाल लघुवित्त वित्तीय र शुभम् पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यसदिन २५८ कम्पनीको  ३४ लाख २ हजार २६७ कित्ता सेयर १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँमा खरिदबिक्री भयो ।

यसदिन कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ४ करोड ९४ लाख ९२ हजार  ६१९ रूपैयाँको सेयर खरिदबिक्री भयो ।

यसैगरी नविल बैंकको ३ करोड ९६ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाख मूल्य बराबरको सेयर किनबेच भयो । आज कारोबार आएका १३ उपसमूहमध्ये ४ को मूल्य बढ्यो भने ९ को घट्यो ।

हाइड्रो पावर,इन्भेस्टमेन्ट,अदर्श र ट्रेडिङ उपसमूहको सूचक बढेको हो ।


Published :२ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media