आइओसीले घटाएर पठायो पेट्रोलियमको नयाँ मूल्यसूची

राष्ट्रपाटी न्युज

चैत्र १, २०७९

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैंसाले घटेको हो । यो भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य हो । पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री हुँदै आएको छ ।

अब निगम सञ्चालक समितिले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ ।


Published :चैत्र १, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media