
काठमाडौं । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सकिएको छ ।
नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको मतगणना केही बेरमा सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।
बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हाे ।
मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे ।
संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित रहे ।