काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकाको अधिकांश स्थानमा साँझ ५ बजेदेदेखि भारी वर्षा भइरहेको छ ।

हिउँद सुरु भएदेखि उपत्यकामा वर्षा भएको यो तेस्रो पटक हो । यस अघि उपत्यकामा दुई पटक वर्षा भएको थियो ।

वर्षाका कारण सडक यात्रीहरु समस्यामा परेका छन् । पानी रुज्दै उनीहरु गन्तव्य जान वाध्य छन् । मेघ गर्जन, चट्याङसहित वर्षाका कारण काठमाडौंको ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  देशका पश्चिम र सुदूरपश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ ।

महाशाखाले जारी गरेको मौसम विवरणअनुसार भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


Published :३ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media