सरकारद्वारा सशस्त्र संघर्षमा सहादत प्राप्त शहीदहरूको नामावली राजपत्रमा प्रकाशित (सूचीसहित)

काठमाडौं । नेपाल सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको हो ।

गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका शहीदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहीदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई शहीदहरूको अभिलेख माग गरेपछि ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा शहीदहरूको नामावली राजपत्रमा प्रकाशित भएको हो ।

जसमा ८ हजार ३७१ जनाको नाम समावेश छ । जनयुद्धका शहीदहरूले राष्ट्रिय शहीदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएपछि उनीहरूले राष्ट्रिय शहीदको मान्यता पाउन सकेका थिएनन् । यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय शहीदको मान्यता पाएका छन् ।


Published :४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media