राप्रपाले बेपत्ता व्यक्ति छानबिन संशोधन विधेयकमा फरक मत राख्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संक्रमणकालीन न्यायसँग सम्बन्धित संशोधन विधेयकप्रति आपत्ति जनाएको छ ।

सिंहदरबारमा आज (शनिबार) बसेको राप्रपा संसदीय दलको बैठकले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिनसम्बन्धी संशोधन विधेयकमा फरक मत राख्ने निर्णय गरेको हो ।
विधेयकमा द्वन्द्वको एकपक्षीयलाई मात्रै सम्बोधन गर्ने प्रयास गरेकाले आफूहरुको विरोध रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले  बताउनुभयो ।

बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ भने दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।


Published :४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media