बुद्धिमान तामाङ राप्रपा संसदीय दलको उपनेतामा चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । आज बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

यस्तै राप्रपाले संसदीय दलको विधान पूरा गरेको उनले बताए । बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।

सरकारले संसदमा लैजाने तयारी गरेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिन सम्बन्धि विधेयक संशोधन गर्ने तयारी प्रति आपत्ति जनाएको छ । उनले राप्रपा अहिलेको विधेयकको विपक्षमा रहेको बताए ।


Published :४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media