स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन तीनवटै सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटार डाकेर देशमा भएको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् । उनले भोलि हुने स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त र मर्यादित बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोक्रममा प्रधानमन्त्रीले समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको बताइएको छ ।

प्रधानमन्त्रीले मिटरव्याजीलाई कारबाही गर्ने कानुनी र राजनीतिक समस्या रहेको प्रति पनि चिन्ता व्यक्त गरेका छन् ।


Published :४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media