नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराउनुभएको हो ।
समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री, कायममुकायम प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सहभागी हुनुहुन्थ्यो ।
उपराष्ट्रपति यादव यही चैत ३ गते निर्वाचित हुनुभएको हो ।
निर्वाचन आयोगले आइतबार राष्ट्रपतिलाई उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन बुझाएको थियो । निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी हुनु भएको थियो । उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव र ममता झा पनि उम्मेदवार थिए । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसक्नु भएको छ ।


Published :६ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media