प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ र विपक्षमा ८९ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। सोमबार भएको मतदानमा पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको  थियो। मत दिन्नमा एक मत खसेको छ।

मतदान प्रक्रियामा २६२ सांसदको उपस्थिति थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए । त्यसबेला प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए भने दुईजनाले विपक्षमा मत हालेका थिए । प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले कांग्रेससहित दस दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन् । एमालेलगायत दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थन रह्यो ।


Published :६ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media