निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

​​​​​​​काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान गरेको छ ।
बैशाख १० गते बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखी चैत १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आब्हान गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भएपनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालिन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिदा बारा–२ रिक्त हुन पुगेको थियो । तनहुँ–१ वाट निर्वाचित रामचन्द्र पौडेल राष्टपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।

आयोगको सोमवारको निर्णय अनुसार रिक्त रहेका स्थानमा प्रतिनिधि सभा सदस्य चयनका आयोगले दल दर्ताका लागि समय छुटाएको हो ।


Published :७ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media