दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम १ अर्ब ३३ करोड बढी

काठमाडौं । सेयर बजार बुधबार ओरालो लागेको छ । बुधबार नेप्से सूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा आएर रोकिएको छ ।

२६६ कम्पनीका ३७ लाख ७७  हजार ४०० कित्ता  सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ ।  यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ ।


Published :८ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media