
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले भेटघाट गरेका छन् । ।
उनीहरुले झापा पुगेर पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् । प्रचण्ड सरकारबाट बाहिरिएसँगै राप्रपाले पूर्वराजासँगको छलफललाई तीब्रता दिँदै आएको छ ।
बुधबार झापाको दमकमा भएको भेटमा देशको समसामयिक परिस्थिति र राजसंस्था पुनर्स्थापनाको विषयमा छलफल भएको थियो ।
शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरु डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणा पुगेका थिए ।
पूर्वराजा लामो समयदेखि झापामा रहेको आफ्नो निजी निवासमा बस्दै आएका छन् । त्यहीँबाट उनले केही दिनदेखि राजनीतिक भेटघाट गर्दै आएका छ ।