तोलामा १२ सय बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार एकैदिन बिहीबार सुन प्रतितोला १ हजार २०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसअघि बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार बढेको हो ।

यता, बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार २५ रुपैयाँले बढेर  चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


Published :९ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media