वसन्तबहादुर कुँवर नेपाल प्रहरीको प्रमुखमा नियुक्त

राष्ट्रपाटी न्युज

१० चैत्र २०७९

काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)  वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले एआईजी कुँवरलाई आईजीपिमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा रहेका थिए ।

मन्त्रिपरिषदको बैठकले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो । दुई दिनअघि मात्र उनीहरु पाँचै जनाले एआईजीको फुली लगाएका थिए ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे कुँवरले एक वर्ष प्रहरीको नेतृत्व लिनेछन् । उनले २०८१ चैतसम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।

हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेदेखि अनिवार्य अवकाश पाउने भएका छन् । उनीसहित ९ जना उच्च प्रहरी अधिकारीले एक साथ अवकाश पाउन लागेका हुन् । सिंह गत बैशाखमा आईजीपी बनेका थिए ।


Published :१० चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media