गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगिसक्योः विष्णु पौडेल

राष्ट्रपाटी न्युज

१० चैत्र २०७९

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँड गर्न नसक्ने अवस्थामा पुगेको दावी गरेका छन्  ।

शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने पनि बताए । सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो । निवर्तमान उपप्रधानमन्त्री एवम् अर्थमन्त्री समेत रहेका उनले मुलुकको अर्थतन्त्र धरापमा परेको दोहो-याए ।

उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भिर नभएको आरोप समेत लगाए  । उनले एमाले निकट अनेरास्ववियूलाई विजयी हुनबाट रोक्न सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरेको बताए ।


Published :१० चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media