यस्तो छ तपाईको आजको राशिफल

राष्ट्रपाटी न्युज

११ चैत्र २०७९

काठमाडौँ । आज मिति २०७९ चैत्र ११ गते शनिबार, ई.सं २५ मार्च, २०२३ । तिथि- चैत्र शुक्लपक्ष चतुर्थी, नक्षत्र- भरणी, योग- विष्कम्भ, करण- वणिज, चन्द्रराशि- मेष, सूर्योदयः ६ः०५, सूर्यास्तः १८ः१७ ।

मेष : आश्वासन दिनेहरूबाट नै धोका पाइनेछ ।

वृष : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मिथुन : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

कर्कट : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पु¥याउने छैनन् ।

सिंह : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

कन्या : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

तुला : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।

वृश्चिक : सरकारी कडिकडाउको शिकार भइनेछ ।

धनु : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मकर : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।

कुम्भ : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।

मीन : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।


Published :११ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media